दोलखामा पहिरोले चार घरमा क्षति, झन्डै ५० घर जोखिममा

95
  •  
  •  
  •  

दोलखा ।  दोलखाको विगुमा गएरातिको पहिरोले चार घर पुरेको छ भने बीस भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । बिगु गाउँपालिका–चार सिंगटीमा पहिरो जाँदा सिंगटी बजारका घर पुरिएका हुन । पहिरोले पचास घर जोखिममा परेका छन् । पहिरोबाट विस्थापितहरु आफन्तकोमा आश्रय लिएर बसेका छन् ।

घरमाथि ठेकेदारले लापरवाही ढंगले बाटो बनाउँदा पहिरो बस्तीमा खसेको स्थानीयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर राहत र पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंगटीवाट लादुक जाने वाटो बनाउने क्रममा ठेकेदारले लापरवाही गर्दा पहिरो बस्तीका खसेको स्थानीयको आरोप छ । बाढी र पहिरोले तामाकोशी र सिंगटीको किनारमा रहेको बस्ती नै जोखिममा परेको छ ।


  •  
  •  
  •