डोलेश्वरका नवनिर्वाचित समितिलाई सम्मान

210
  •  
  •  
  •  

doleshwor temple new committeeभक्तपुर, २१ चैत(ओएनएस) ;  केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको छैठौं साधारसभाबाट निर्वाचित भएका पदाधिकारीहरलाई सम्मान गरिएको छ । रफत सञ्चार क्लवले नवनिर्वाचित समितिलाई उद्योग मन्त्री महेश बस्नेतले क्लवमा शनिबार आयोजित कार्यक्रममा सम्मान गरेका थिए ।

सम्मानपछि मन्त्री बस्नेतले अहिले संविधानसभामा संविधान चाहने र नचाहने शक्तिहरुबीच द्वन्द्व भइरहेको बताएका छन् । उनले संविधानसभामा काँग्रेस एमालेको मतहोल्ड गरेर भएपनि संविधानजारी गर्नुपर्ने बताएका छन् । विपक्षमोर्चाले जबरजस्ती रुपमा गर्न लागेको बन्दको आमसर्वसाधारणले प्रतिकार गर्नुपर्ने बताउँदै उनले भने, ‘ एमाओवादीमोर्चाले संविधानसभामा जसरी पनि प्रक्रियामा सहमतहुनुको विकल्प छैन ।’

संविधानसभाले संविधानजारी गर्नुको विकल्पनभएको भन्दै महेश बस्नेतले संविधानजारी भएपछि देश आर्थिक विकासमा जाने विश्वास व्यक्त गरे । डोलेश्वर महादेव मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउँदै उनले यसकालागि सरोकारवालाहरु सबै सक्रिय रहनुपर्ने बताए ।

कार्यक्रममा केदारनाथको शिर डोलेश्वर महादेव संक्षण तथा विकास समितिका अध्यक्ष विदुरमान सिंह बस्नेत, वरिष्ठ उपाध्यक्ष किरण थापा, ओमकार ध्यानीका सञ्चालक मुकुन्द, शर्मा रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापालगायतले डोलेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमाविकास गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा मन्त्री बस्नेतले समितिकापदाधिकारीहरुलाई सम्मानपत्र दोसल्ला र मालालगाई सम्मान गरेका थिए ।


  •  
  •  
  •