डलरको भाउमा नयाँ रेकर्ड

95
  •  
  •  
  •  

काठमाडौं ।  डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। पछिल्ला समय दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउदै आएको डलरको भाउ शुक्रबार पनि २३ पैसाले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ६७ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा थियो।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ६७ पैसा खर्च गर्नु पर्ने भएको छ।


  •  
  •  
  •