प्रचण्ड र नयाँ शक्तिका संयोजक भट्टाराई बीच यस्ताे चल्दैछ दाेहरी

295
  •  
  •  
  •  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टलाई पार्टीमा फर्कन अाग्रह गरे लाग्तै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टाराईले अबका ‘मुसाहरू’ लाटा छैनन् भन्दै जवाफ फर्काएका छन्।बिहिबार नयाँ शक्तिका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले बाबुरामलाई पार्टीमा पुन फर्किन आह्वान गरेका थिए। उनले भट्टराईलाई गल्ती सच्याउँदै पार्टीमा फर्कन सुझाव दिएका थिए।नयाँ शक्तिका १९ नेता- कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छोड्नु नै डा. भट्टराईका लागि  धेरै ठूलो भूल भएकाे भन्दै तत्काल उनी फर्कनु पर्ने बताएका थिए ।

‘मैले भनेको भन्यै छु- बाबुरामजीहरूसमेत यहीँ जोडिन आउनुपर्छ नत्र कुनै भविष्य हुँदैन’, प्रचण्डले भने, ‘धेरै ठूलो भूल गर्नुभएको छ, ब्लन्डर गर्नुभएको छ।’

त्यसकाे जवाफमा  दहालको भनाईलाई इंकित गर्दै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टाराईले ट्वीट गरेका छन् ।

उनले ट्वीटरमार्फत अध्यक्ष्म प्रचण्डलाई उदृत गर्दै अबका ‘मुसाहरू’ लाटा छैनन् भन्दै जवाफ फर्काएका छन्।

बाबुरामले लेखेका छन् , ‘प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको ‘पाइड पाइपर अफ हेमलाइन कविताको सम्झना हुन्छ । मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धूनको पछि लगाएर समुन्द्रमा होमे झै प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीका निम्ति पुरै माओवादी शक्ति एमाले समुन्द्रमा होम्दै हुनुहुन्छ।’

संविधान घोषणा (२०७२ असोज ३) भएको एक साता नबित्दै असोज ९ गते भट्टराईले तत्कालीन एकीकृत माओवादी परित्याग गरेका थिए। २०७३ जेठ ३० मा उनको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको थियो।

 


  •  
  •  
  •