सुर्खेत, जेठ २७ (ओएनएस) : सुर्खेतको रानीबास गाविसमा बौलाहा कुकुरको बिगबिगी बढेको छ । रानीबास–२ तल्लो रहकुलमा केही दिनदेखि बौलाहा कुकुरले मान्छे र पशुचौपायालाई टोक्ने गरेको जनाइएको छ ।
बौलाहा कुकुरले टोकेर घाइते भएका स्थानीय चन्द्रबहादुर खड्काका छोरा कमल खड्का र अर्का बालक कर्णबहादुर बुढालाई उपचारका लागि आग्रगाउँमा रहेको मेडिकलमा पु¥याइएको छ ।
बौलाहा कुकुरको टोकाइबाट तल्लो रहकुलमा अहिलेसम्म भैँसी र गाई गरी छ वटा पशुचौपाया मरिसकेको जनाइएको । गाउँमा अहिलेसम्म स्वास्थ्यकर्मीको टोली पुग्न सकेको छैन ।