कुकुर नियन्त्रणको सम्झौता

252
  •  
  •  
  •  

isकाठमाडौं, ३ मंसिर (ओएनएस) : ललितपुर उपमहानगरपालिका र एनिमल नेपालविच कुकुरको नियन्त्रण गर्ने सम्झौता भएको छ ।

कुकुरको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै बन्ध्याकरण मार्फत ललितपुरमा सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्नेबारे सम्झौता भएको हो ।

उपमहानगरपालिकाको कार्यकारी प्रमुख ताराबहादुर कार्की र एनिमल नेपालका अध्यक्ष प्रमदा शाहवीच मंगलवार उक्त ८ बुदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुई निकायको आपसी सहकार्यमा बैज्ञानिक (बन्ध्याकरण मार्फत) रुपमा कुकुरको संख्या नियन्त्रण गर्दै जाने सहमति भएको छ । समझदारीमा विषादी प्रयोग गरि कुकुर नमार्ने, जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरणको विधी प्रयोग गर्ने तथा रेविज बिरुद्धको खोप लगाएत कार्यमा सहकार्य गर्दै जाने उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कार्यकारी अधिकृत कार्की र एनिमल नेपालका अध्यक्ष शाहले ललितपुर उपमहानगरपालिकालाई पशु अधिकार संरक्षित क्षेत्र तथा सडक कुकुर समस्या मूक्त क्षेत्रको रुपमा स्थापीत गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

 


  •  
  •  
  •