मुग्लिङमा ३२ कुकुरको स्थायी बन्ध्याकरण 

180
  •  
  •  
  •  

dog Sterilisationकाठमाडौ, १९ चैत(ओएनएस) : चितवन जिल्लामा रेविज रोगको नियन्त्रण तथा अनियान्त्रित कुकुरको बृद्धिलाई न्युनिकरण गर्ने उदेश्यका साथ दुई दिने निःशुल्क पोथी कुकुरको स्थायी बन्ध्याकरण तथा भ्याक्सिन लगाउने शिविर सम्पन्न भएको छ ।

चितवनको दारेचोक-४ मुग्लिङमा सम्पन्न शिविरमा ३२ ओटा पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिनुका साथै ४२ ओटा सामुदायिक तथा सडक कुकुरको बन्ध्याकरण गरिएको त्रिवेणी युवा क्लव मुग्लिङका सचिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

dog Sterilisation1पशुसेवा कार्यालय मुग्लिङ र त्रिवेणी युवा क्लव मुग्लिङको आयोजना तथा हार्ट नेपाल भरतपुर शाखाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।  शिविर संचालनका लागि होटल व्यवसायी मुग्लिङ तथा  मस्र्याङ्दी बहुउदेश्यीय संस्था मुग्लिङले सहयोग गरेको त्रिवेणी युवा क्लव मुग्लिङ सचिव कुमार श्रेष्ठले जानकारी दिए ।


  •  
  •  
  •