कुकुरलाई खुवाउन पूर्वको छुर्पी अमेरिका

545
  •  
  •  
  •  

इलाम २ असार (ओएनएस) : – पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुरको आहाराका लागि अमेरिकामा निकासी भइरहेको छ । दूधबाट बनेको छुर्पी स्वदेशमै प्रशस्त खपत भए पनि बढी मूल्य पाइने भएपछि अमेरिका निकासी बढेको हो । निकासीका लागि यहाँको छुर्पीमा गुणस्तर सुधार गर्नुपर्ने र आकार पनि मागअनुरुपकै हुनुपर्ने भएकाले थप लगानी आवश्यक रहेको व्यापारीले बताएका छन् ।

मनुराम हिमालय ह्यान्डीक्राफ्ट धरानका प्रोप्राइटर रुपनारायण दाहालका अनुसार पूर्वी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभाबाट वाषिर्क साढे २ लाख किलो छुर्पी अमेरिका निर्यात भइरहेको छ । कुकुरको आहाराका लागि अमेरिकाको प्रसिद्ध कम्पनी हिमालयन डग चिउले यहाँ उत्पादित छुर्पी खरिद गरी लैजाने गरेको छ ।

कम्पनीले वाषिर्क ६ लाख किलोभन्दा बढी माग गरेपनि उत्पादन कम हुँदा उपलब्ध गराउन नसकिएको दाहालले बताए । उनका अनुसार २ सय ग्रामदेखि ५ सय ग्रामसम्मको र हिमाली चौरी गाईको छुर्पी अमेरिका निर्यात हुने गरेको छ ।

कारोबार


  •  
  •  
  •