आवासीय चिकित्सक आन्दोलनमा, सेवा प्रभावित

202
  •  
  •  
  •  

काठमाडौं ७ असोज (ओएनएस) :
प्रा.डा. गोविन्द केसीको आन्दोलनमा समर्थन जनाउँदै आवासीय चिकित्सकहरुले उपचार सेवा बन्द गरेका छन् । सरकारले माग पुरा नगरेको भन्दै डा केसी सातौ पटक आमरण अनसनमा बसेका छन् । उनको माग पुरा गर्न सरकार दवाव दिने उद्देश्यले करिव २ सय आवासीय चिकित्सकहरुले समर्थन जनाएका छन् ।

छैटौं पटकको अनशनका क्रममा डा. केसी र सरकारबीच ११ बुँदे सम्झौता हुँदा सबै कार्यान्वयन गर्ने प्रतिवद्धता थियो । आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रीएपछि उपचार सेवा प्रभावित हुने भएको छ ।


  •  
  •  
  •