सरुवाको पत्र पुगेको तीन वर्षमा पनि डाक्टर पुगेनन्

201
  •  
  •  
  •  

काठमाडौं १८ असार (ओएनएस) :
जिल्ला अस्पताल अछामको मेडिकल सुपरिटेन्डेन्ट पदमा स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले डाक्टर नन्दलाल सिकर्मीलाई पठाएको पत्र पुगेको करिव साढे ३ वर्ष वितिसकेको छ । तर उनी भने अहिलेसम्म अस्पतालमा हाजिर भएका छैनन् ।

मन्त्रालयले २०६७ माघ १० मा नै डाक्टर सिकर्मीलाई मेडिकल सुपरिटेन्डेन्ट पदमा खटाएको पत्र जिल्ला अस्पतालमा पुगेको थियो । ‘मेडिकल सुपरिटेन्डेन्ट पद रिक्त भएको ११ वर्षपछि मन्त्रालयले बल्लतल्ल एक जनालाई खटाएको थियो । त्यो पनि पत्र मात्र पुग्यो, मान्छे भने अझै पुगेको छैन् बरिष्ठ जनस्वास्थ्थ निरीक्षक झपट ढुंगानाले भने,’ पत्र पुगेको साढे ३ बर्षसम्म पनि डाक्टर सिकर्मी कहाँ छन् । अस्पतालाई अत्तोपत्तो छैन् ।’

२०५८ सालमा तत्कालीन मेसु शेरबहादुर चन्द सरुवा भएर गएपछि जिल्ला अस्पताल मेसुविहिन छ । लामो समयदेखि कसैलाई पनि मेसुको जिम्मेवारी दिएर नपठाएको मन्त्रालयले झन्डै १० वर्षपछि एकजनालाई पठायो तर जिल्ला अस्पतालमा मेसुको पत्र छ मान्छे छैन । मेसुको अभावमा अहिले एकजना डाक्टरले अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको सम्पूर्ण प्रशासनिक काम समाल्नु परेको छ ।

एकै व्यक्तिले अस्पताल हेर्नु पर्ने र जिल्ला स्वास्थ्यको सम्पूर्ण प्रशासनिक काम गर्नुपर्ने भएकाले स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको जिल्ला स्वास्थ्य प्रमसख डाक्टर रामबहादुर केसी बताउँछन् । पत्र पुगेको तर मान्छे नपुगेको मेसुको मात्र होइन । मेडिकल अधिकृतको पनि अवस्था उस्तै छ ।
अन्नपूर्णपोष्ट


  •  
  •  
  •