रणवीरसँग विवाह नगर्न दीपिकाको कट्रिनालाई सुझाव

106
  •  
  •  
  •  

रणवीर कपूर र कट्रिना कैफको प्रेममा अब केही अनौठो हुन सक्छ । रणवीर कपूरकी पूर्व प्रेमीका दीपिका पादुकोनेले कट्रिनालाई रणवीरसँग विवाह गर्न सुझाव दिएपछी उनीहरूबीचको प्रेम सम्बन्धमा के-कस्तो असर पर्छ भन्ने विश्लेषण गर्न थालिएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

एक अवार्ड कार्यक्रममा दीपीकाले कट्रिनासँग रणवीर कपूरसँग विवाह नगर्न आग्रह गरेको बताइएको छ । एक अंग्रेजी अखबारका अनुसार दुई दिन पहिले एक अवार्ड कार्यक्रममा पुगेकी नायीका दीपिकासँग जब पत्रकारले तपाई कट्रिनालाई के सुझाव दिन चाहनुहुन्छ भन्ने प्रश्न गरे, तब उनले हाँस्दै भनिन्, ‘डु नट म्यारी रणवीर कपूर’ अर्थात् रणवीर कपूरसँग विवाह नगर ।

केही दिन पहिले कट्रिना र रणवीर कपूरले टिकाटाला गरे भन्ने समाचारमा आएको थियो । यस्तोमा दीपिकाले रणवीरसँग विवाह नगर्न दिएको सल्लाह उनको रिस हो या मात्र मजाक हो, भन्न मुस्किल छ । दीपिका आजकल हरेक अवार्ड कार्यक्रममा रणवीर सिंहसँग देखिने गर्छन् । तर, यस अवार्ड कार्यक्रममा उनी एक्लै रेड कार्पेटमा पुगेकी थिइन् र यस्तो अचम्मको सल्लाह कट्रिनालाई दिएकी थिइन् ।


  •  
  •  
  •