दाङमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

101
  •  
  •  
  •  

दाङ । दाङमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  दाङको दंगीशरण गाउँपालिका–१, फुर्केसल्ली मलैकी २१ वर्षीया प्रतीक्षा बुढाको ज्यान गएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको मृतकका मामा अमर बुढाले बताए ।दाङको तुलसीपुरमा उपचार सम्भव नभएपछि भदौ ७ गते उपचारका लागि उनलाइृ नेपालगञ्ज लगिएको थियो । दाङमा १८ महिला र २४ पुरुष गरी ४२ जनामा डेंगीको संक्रमण देखिएको छ ।


  •  
  •  
  •