डिभिजन २ जित्ने लक्ष्य लिएको नेपालको तयारी अन्तिम चरणमा (फोटोफिचर)

112
  •  
  •  
  •  

काठमाडौ, १ माघ (ओएनएस) : आईसीसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्नको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला नामिबियामा छ । प्रतियोगिता सुरु हुन २ दिन बाँकी रहदा नेपालले तयारी अन्तिम चरणमा पु-याएको छ । दक्षिण अफ्रिकामा एक साताको तयारीपछि नेपाली टिम जनवरी १३ मा आयोजक देश नामिबियामा पुगेको हो ।

cricket 8

प्रतियोगिताको उपाधि जितेर फर्कने लक्ष्यका साथ नामिबिया पुगेको नेपाली टिम कडा प्रतिक्षणमा छ । जनवरी १७ देखि २४ सम्म हुने डिभिजन–२ मा नेपालसँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स, क्यानडा र युगान्डाले प्रतिस्पर्धा गर्नेछन् ।

cricket 2

दक्षिण अफ्रिका बसाइको क्रममा नेपाली टिमले एक साता प्रशिक्षण गर्दा तीन अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा पराजित भएको नेपाली टिमले बाँकी दुई खेलमा जित दर्ता गराएको थियो । अन्तिम अभ्यास खेलमा कप्तान पारस खड्काले अविजित शतक प्रहार गरेपछि नेपाली टिमको मनोबल बढेको छ ।

cricket 3

प्रशिक्षक पुबुदु दासानायके र कप्तान पारसका अनुसार नेपाली टिमले यसपटक विगतभन्दा धेरै राम्रो तयारी गरेको छ । सके उपाधि नसके शीर्ष दुईमा पर्ने उनीहरुको दाबी छ । नतिजा बिग्रिएको खण्डमा नेपाल शीर्ष चारमा रहेर डिभिजन २ मा रहन सक्ने पनि पुबुदुले आँकलन गरेका छन् ।

cricket 4

शीर्ष दुईमा परे टोली डिभिजन १ मा उक्लने छ । जसले आगामी चार बर्षको लागि नेपाललाई एकदिवसीय मान्यता दिलाउने छ । डिभिजन १ मा हालका आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, पपुवा न्युगिनी, यूएई र हङकङ तथा डिभिजन २ बाट जाने दुई टोली गरी आठ टोलीबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप हुनेछ ।

cricket 5

चारवर्षको अवधिमा लिग च्याम्पियनसिपका देशले सबै सात राष्ट्रसँग होम एन्ड अवे पद्धतिमा चारदिवसीय, एकदिवसीय तथा ट्वान्टी–२० खेल खेल्नेछ। च्याम्पियनसीपका शीर्ष दुई टोली सन् २०१९ को एकदिवसीय विश्वकपलाई सोझै छनोट हुनेछन। साथमा च्याम्पियनसिपका शीर्ष टोलीले टेस्ट वरीयताको पुछारमा रहेका देशसँग टेस्ट शृंखला खेल्न पाउनेछ । त्यो शृंखलाले टेस्टको आधिकारिक मान्यता पाउनुका साथै भविष्यमा टेस्ट मान्यता दिलाउन सक्नेछ ।

cricket 6

नेपालको खेल तालिका
१७ जनावरी युगान्डाबिरुद्ध
१८ जनावरी नेदरल्यान्डस्बिरुद्ध
२० जनावरी क्यानडाबिरुद्ध
२१ जनावरी नामिबियाबिरुद्ध
२३ जनावरी केन्याबिरुद्ध

cricket 7तस्विर सौजन्य : रमन शिवाकोटी


  •  
  •  
  •