डिभिजन थ्रीका लागि १४ सदस्यीय टोलीको घोषणा

349
  •  
  •  
  •  

काठमाडौ, १० असोज(एजेन्सी) : मलेसियामा हुने डिभीजन थ्री क्रिकेट प्रतियोगिताका लागि पारस खड्काको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले १४ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहनेछन् भने टोलीमा सुवास खकुरेल, सरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, बिनोद भण्डारी, सागर पुन, मेहबुब आलम र सोमपाल कामी रहेका छन् ।

यसैगरी भुवन कार्की, आरिफ सेश, नरेश बुढाऐर र अमृत भट्टराई पनि अन्तिम १४ मा परेका छन् । अन्तिम १८ मा रहेका राम नरेश गिरी, अनिल मण्डल, राहुल बिक र करण केसी भने प्रतियोगिताका लागि छनोट हुन सकेनन् ।

डिभिजन थ्रीमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोली डिभिजन २ मा पुग्नेछन् भने अन्तिम दुई टोली डिभिजन ४ मा पुग्नेछन् । प्रतियोगितामा नेपालले युगाण्डा, अमेरिका, बर्मुडा, मलेसिया र सिंगापुर भिड्नेछ ।


  •  
  •  
  •