सुखद सुरुआतको आशामा नेपाल

336
  •  
  •  
  •  

काठमाडौं, ३ माघ (ओएनएस)  : डिभिजन २ को उपाधि जित्ने अभियानमा रहेको नेपाली टिमले आज पहिलो खेल खेल्दैछ । प्रतियोगिताको उपाधि जितेर फर्कने लक्ष्यका साथ नामिबिया पुगेको नेपाली पहिलो खेलमा युगान्डाबिरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालले मलेसियामा भएको डिभिजिन ३ को फाइनलमा युगान्डालाई नै पराजित गरि उपाधि जितेको थियो । तर समूह चरणमा भने नेपाल युगान्डासँग पराजित भएको थियो । जनवरी १७ देखि २४ सम्म हुने डिभिजन–२ मा नेपालले युगान्डासँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्दा नेपालले तीन अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा पराजित भएको नेपाली टिमले बाँकी दुई खेलमा जित दर्ता गराएको थियो । अन्तिम अभ्यास खेलमा कप्तान पारस खड्काले अविजित शतक प्रहार गरेपछि नेपाली टिमको मनोबल बढेको छ । प्रशिक्षक पुबुदु दासानायके र कप्तान पासरका अनुसार नेपाली टिमले यसपटक विगतभन्दा धेरै राम्रो तयारी गरेको छ ।

Nepal 2

शीर्ष दुईमा परे टोली डिभिजन १ मा उक्लने छ । जसले आगामी चार बर्षको लागि नेपाललाई एकदिवसीय मान्यता दिलाउने छ । डिभिजन १ मा हालका आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, पपुवा न्युगिनी, यूएई र हङकङ तथा डिभिजन २ बाट जाने दुई टोली गरी आठ टोलीबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप हुनेछ । चारवर्षको अवधिमा लिग च्याम्पियनसिपका देशले सबै सात राष्ट्रसँग होम एन्ड

अवे पद्धतिमा चारदिवसीय, एकदिवसीय तथा ट्वान्टी–२० खेल खेल्नेछ । च्याम्पियनसीपका शीर्ष दुई टोली सन् २०१९ को एकदिवसीय विश्वकपलाई सोझै छनोट हुनेछन । साथमा च्याम्पियनसिपका शीर्ष टोलीले टेस्ट वरीयताको पुछारमा रहेका देशसँग टेस्ट शृंखला खेल्न पाउनेछ । त्यो शृंखलाले टेस्टको आधिकारिक मान्यता पाउनुका साथै भविष्यमा टेस्ट मान्यता दिलाउन सक्नेछ ।

नेपालको खेल तालिका
१७ जनावरी युगान्डाबिरुद्ध
१८ जनावरी नेदरल्यान्डस्बिरुद्ध
२० जनावरी क्यानडाबिरुद्ध
२१ जनावरी नामिबियाबिरुद्ध
२३ जनावरी केन्याबिरुद्ध

Nepal 3


  •  
  •  
  •