पुल निर्माण हुने भएपछी स्थानीय दंग

170
  •  
  •  
  •  

रुपन्देही २४ कातिक (ओएनएस) : रुपन्देहीको मानपकडी गाविस–७ वेलहवा का ६५ बर्षीय बादल थारु विगत लामको समयदेखि तरकारी खेती गर्छन् ।

उनको खेतमा तरकारी उत्पादन त राम्रो हुन्छ, तर बजारसम्म लगेर तरकारी बेच्न भने उनलाई निकै सकस छ । तरकारी विक्रीका लागि उपयुक्त बजार बुटवल जान उनलाईप्रमुख बजार मानिने बुटवलम आउनको लागि उनले ४ दशक देखि दानब नदिमा जोखिम मोलेर तरकारी पिठुयुमा बोकेर खोला तार्ने गर्दै आएका छन् ।

यति मात्र होईन उनको रहेको वडामा एउटा गाविस भवन पनि छैन । वडा नम्बर ४ मा रहेको गाविस भवन आउनको लागि उनी कि त तामनगरक हुदै बेलबासको पुल तरेर आउनु पर्दछ भने कि त दानव नदि तर्नुपर्छ ।

त्यहि दानव नदिबाट सिंचाही गरेर त्यहाँका कृषकहरुले बर्षेनी लाखौको आम्दानी गर्दै आएका छन् । तर हिउद वा बर्सातमा उत्पादन गरेको तरकारी विक्रिको लागि बाधक त्यै दानव नदि बन्ने गरेको छ ।
मनपकडी गविस २ र ७ नम्बर वडालाई दानब नदीले विच्छेद गरेका छ ।

अव हिँदमा भने त्यहाँका स्थानीयलाई तरकारी वेच्न वा अन्य काममा सहज हुने भएको छ । तर गत शुक्रवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा पक्की पुल को शिलन्यास भएको छ । पुल निर्माण हुने भएपछि पानकपडी गाविसका २ र ७ का किसानहरुले राहत पाउने आशा पलाएको छ । उक्त दानब नदिमा रु.९ करोड २५ लाख लागतमा सडक डिभिजन कार्यालय बुटवलको मातहतमा १ सय २५ मिटर लामो पुल निर्माण हुन लागेको हो । अब लामो समय देखी समस्यामा रहेका जनताको लागी यो पुलले राहतपद्रान गर्ने डिभजिन सडक कार्यालय बुटवलका प्रमुख दिपक कुमार भट्राई बताउछन् ।

मानपकडी गाविस–६ सेमरीका शिक्षक रामअवतार लोधका अनुसार पक्की पुल निर्माण भएपछि गाविसको वेलहवाका कृषकहरुले उत्पादन गरेको तरकारीहरु सहजै विक्री बजारसम्म लैजान सक्नेछन् ।
साथै विद्यार्थीहरुले पनि वारी सेमरीमा आएर अध्ययन गर्न पाउनेछन् ।

वेलहवामा बार्षिक रुपमा करिव २० लाखको तरकारी उत्पादन हुन्छ । व्यवसायीक तरकारी खेती गर्ने किसानहरुको लागि पुल निर्माण पछि धेरै राहत मिल्ने आशा गरिएको छ ।
भौतिक पुर्वाधार यातायात मन्त्रालयको आयोजनामा निर्माण हुन लागेको पुल अवको ३ बर्षमा पुरा हुने छ । विद्यार्थीहरुले खेला पुल नभएकोले खोला वारीका विद्यार्थीहरु ले बर्सातको मौसममा आधा महिना मात्र अध्ययन गर्न पाउछन् ।

 

 


  •  
  •  
  •