डिशहोम सिनेमा घरमा कबड्डी कबड्डी कबड्डी

69
  •  
  •  
  •  

काठमाडौं । यस वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा आजदेखि प्रदर्शन हुने भएको छ ।

सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरुले अभिनय गरेका छन् । असोज ३, २०७६ गते रिलिज भएको यस चलचित्रले पुराना सिक्वलहरु कबड्डी , कबड्डी कबड्डीको सर्वाधिक लोकप्रियतासँगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ ।

तिनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन् , चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभावपार्न सफलभए ।

समय अनुसारको प्रविधिको विकाससँगै विकसितभएको डिश होमले हलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो ।

च्यानल नम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिश होमले प्रदान गरेकोे छ । हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमा घरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समागएर एमओडी टाइप गरी(एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरीआफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।

यो चलचित्र हेर्न सपरिवारका लागि रु ३ सय २५ रुपैयाँ शुल्क लाग्नेछ ।


  •  
  •  
  •