डिशहोमले ल्यायो नयाँ योजना, ग्राहकलाई फाइदै फाइदा

75
  •  
  •  
  •  

काठमाडौं । नेपालको एक मात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले आफ्नो स्थापनाकालदेखि नै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरुलाई गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ ।

डिशहोमले नेपालमा सञ्चालित पे टिभी सेवा संचालकहरुमध्ये सबैभन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ ।

डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागी विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरु जस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारि छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।

अनलाईन मार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिन्छ ।

फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानीछानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन ।

३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ ।

वार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहेको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ ।  यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिकप्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ ।

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध छ ।
फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतका प्याकेज र एड अन प्याकेजको वारेमा विस्तृत जानकारी डिशहोमको आधिकारीक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

नेपाल भर सम्पुर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री संजाल, नेपालभर २४ घण्टा भित्र(भौगोलिक विकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक)मर्मत तथा बिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप वक्समालाईफ टाईम वारेन्टी, मोवाइलएप, ग्राहकको सुविधाको लागी ग्राहक सेवाप्रतिनिधिसँग कुरा नगरि डिशहोमको सुविधा लिन सकिने आईभिआर सेवा, एस एम एस सेवा, आफ्नो आवश्यकताअनुसार छानीछानी लिनमिल्ने विभिन्न एचडी तथा एसडी प्याकेजहरु, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मूभी लगायत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपाली चलचित्र आफुले चाहेको समयमा हेर्न सकिने पे पर भ्यू सेवा लगायतका सेवा सुविधाप्रदान गरिरहेको डिशहोम नेपालकै उत्कृष्ट टेलिभिजन सेवा प्रदायक हो ।


  •  
  •  
  •