काठमाडौं, २१ असार (ओएनएस) । डिसहोमले ‘रिचार्जमा बोनस’ योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत डिस होमको रु १ हजारभन्दा माथिको रिचार्जमा ग्राहकले विभिन्न आकर्षक बोनस सुविधा प्राप्त गर्न सक्नेछन् ।
सुविधा अन्तर्गत रु १ हजारको रिचार्जमा रु १ सय, रु २ हजारको रिचार्जमा रु ४सय, रु ३ हजारको रिचार्जमा रु ६ सय बोनस प्राप्त गर्न सकिने छ । त्यस्तै रु ४ हजारमा रु ८ सय, रु ५ हजारमा रु १ हजार, रु ६ हजारमा रु १ हजार २ सय र रु ७ हजारको रिचार्जमा रु १ हजार ४ सय बोनस प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
डिस होमले प्रदान गरेको रिचार्ज बोनस सुविधा सिमित अवधिका लागि लागू गरिएको कम्पनीले बताएको छ । स्याटेलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक डिस होमले विगत ४ बर्षदेखि नेपालभरका ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।