पत्रकारलाई ‘सामसुङको के जुम’ मा विशेष छुट

98
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस):  इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालिले नेपाली पत्रकारहरुलाई ‘के जुम मोवाइल’ मा   ९ हजार ९ सय रुपैयाँ छुट दिने भएको छ ।  ।
२० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन खरिद गर्नका लागि फोटोजर्नालिस्ट क्लबको सिफारिस लिनुपर्छ  ।
त्यस्तै ग्लोबल आइएमई बैंकले मोवाइलको इएमआई गरिदिने भएको छ । ‘सामसुङ के जुम’ को बजार मूल्य ५२ हजार रहेको छ । यो स्मार्टफोनमा २० मेगापिक्सलको क्यामेरा र १० एक्स जुम रहेको छ ।

क्यामेराका सौखिन तथा स्मार्टफोनको पारखी पत्रकारहरुका लागि यो मोवाइल उपयोगी हुन सक्छ ।
स्तरिय तस्बिर खिच्ने यो स्मार्टफोनको साथमा ५ हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि उपलब्ध गराउने भएको छ ।

त्यस्तै केहि रकम बुझाएपछि किस्तामा किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंकले मोवाइल खरिद गर्न चाहनेको  फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआई गर्ने र सकेसम्म छिटो बिधीबाट लोन प्रबाह गर्ने ग्लोबल आइएमई बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर जनक शर्मा पौडेलले जानकारी दिए ।

यो छुट योजनाका लागि सिमित स्मार्टफोन मात्र रहेकोले संचारकर्मीहरुलाई छिटो फाइदा लिन आइएमएसका अध्यक्ष दिपक मलहोत्राल आग्रह गरे । सित्तैमा उपलब्ध गराएको केजुमको कभर प्रयोगपछि स्मार्टफोन खस्दापनि नफुट्ने आइएमएसले जनाएको छ ।


  •  
  •  
  •