नेशनलले दशैलक्षित सामग्रीमा ७० प्रतिशतसम्म छुट दिने

74
  •  
  •  
  •  

काठमाडौ २१ भदौं (ओएनएस) ः नेशनल ट्रडिङ लिमिटेडले दशैलाई लक्षित गरी आफ्नो समानमा ७० प्रतिशतसम्म छुट दिने भएको छ ।

चाडबाडमा उपभोक्तलाई सहुलियत दिन तथा स्टक खाली गर्न आफुले विक्री गर्ने सामग्रीमा २ देखि ७० प्रतिशतसम्मका छुट दिन लागिएको ट्रेडिङका निमित्त महाप्रवन्धक सत्यनारायण मेहत्ताले बताए ।

 ट्रेडिङका अनुसार दशैमा उपभोग्य बस्तु,चिनी, पानी पम्प, साइकल, कागज, मेसेनेरी उत्पादनलगायत घरायसी प्रयोजनका लागि प्रयोग हुने सामानमा बिशेष छुट दिइनेछ । ट्रेडिङसँग पुराना सामान धेरै भएकोले थन्काएर राख्नुको साटो सस्तो मुल्यमा बेच्न लागिएको उनले जानकारी दिए ।

यी बाहेक ट्रेडिङले सिजी, एलजीलगायत व्राण्डका उत्पादन पनि सहुलियत मुल्यमा बेच्ने बताए । ट्रेडिङका अनुसार बिशेष छुट असोज १ गतेदेखी लागु गरिने बताए । यसका लागी चाडैनै सुचना  प्रकाशित गर्ने जानकारी दिएको छ ।

‘बिशेष छुट पसलका लागि सेल्स काउन्टर खोल्नु अघि विभिन्न पत्रपत्रिकामा सुचना निकाल्ने छौ,’ निमित्त महाप्रवन्धक मेहत्ताले भने । दसैं र तिहारलाई लक्षित गर्दै ट्रेडिले प्रत्येक बर्ष असोज १ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्दे आएको छ ।

विगतका वर्षमा सहुलियत पसलबाट राम्रो प्रतिक्रिया आएकाले निरन्तरता दिएको ट्रेडिङले जानकारी दिएको । ट्रेडिङले  उपत्यकामा २ ठाउ“मा पसल सञ्चालन गर्ने बताएको छ ।


  •  
  •  
  •