१३ दिनपछि पूर्व मुमाबडामहारानी रत्न अस्पतालबाट डिस्चार्ज

267
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।


९१ वर्षिय पूर्व मुमाबडामहारानीलाई थापाथलीस्थित नर्भिक अस्पतालले बिहान दश बजे डिस्चार्ज गरेको हो ।

रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई लिन अस्पताल पुगेका थिए ।

यस्तै राजपरिवारका अन्य सदस्य पनि रत्नलाई लिन अस्पताल पुगेका थिए ।
रुघाखोकी र ज्वरो आउने समस्याका कारण गत फागुन २१ गते रत्नलाई अस्पताल भर्ना गरिएको थियो ।

डिस्चार्ज भएपछि रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिएका छन् ।

उनको डा.खगेन्द्रबहादुर श्रेष्ठ, डा.मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा.ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार गरिएको थियो ।


  •  
  •  
  •