विवाहको सिजनमा बिकेन सुन

400
  •  
  •  
  •  

bridal-gold-jewellery-collection-2012-2-6-23-39-46काठमाडौं,१४ मंसिर(ओएनएस)  : मंसिर विवाहको सिजन भएपनि यस बर्ष सुन व्यवसायीहरुले त्यस्तो अनुभव गर्न पाएनन् ।

यस बर्ष व्यवसायीहलाई विगतका बर्षहरुमा जस्तो सुनका गहना अडर लिन तथा बेच्न भ्याइनभ्याइ नभएको व्यवसायीहरु बताउँछन् ।
‘विवाहमा सुनको प्रयोग अत्याधिक हुने र मंसिर विवाहको सिजन भएकोले यो सिजनमा ग्राहकको चाप बढी हुन्थ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिरत्न शाक्यले भने  तर, यस बर्ष भने  बजार स्थीर छ ।’
कात्तिकको अन्तिम तिर व्यवसाय अलि बढेपनि मंसिरमा  नबढेको   शाक्य बताउँछन् ।

सुनको मूल्यमा भारी गिरावट आएपनि भएपनि व्यापार भने सोचेजस्तो नभएको उनी बताउँछन् । असोजको शुरुवातदेखि नै नेपालमा मूल्यमा गिरावट आउन थालेको थियो ।

सुनको मूल्यमा भएको उतारचढावले पनि विक्री नबढेको उनको भनाई छ । त्यस्तै सुनको व्यवसायमा सार्क सम्मेलनले पनि असर गरेको व्यवसायीहरु बताउँछन् ।

उपभोक्ताहरु पर्ख र हेरका अवस्थामा रहेकोले व्यापार राम्रो  नभएको उनीहरुको भनाई छ । ‘उपभोक्ताहरु सूनको मूल्य अझै घट्छकी भनेर कुरीरहेका छन्, शाक्यले भने सुनको मूल्य फेरी उकालो लाग्न थालेपछी मात्र किन्न थाल्छन् ।’

विगतका बर्षहरुमा मंसिर सुरु भएपछी सुनको व्यापार दोव्बरले बढ्ने गरेको छ । विवाहको सिजनमा नेपालमा दैनिक ४० देखि ५० केजी सुन विक्री हुन्छ । यस बर्षभने मंसिरमा दैनिक ३५ केजी मात्र सुन विक्री भएको व्यवसायीहरु बताउँछन् ।
त्यस्तै अन्य समयमा दैनिक २० केजिसम्म सुन कारोवार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष ।  तिहारमा धन्तेरसका दिन भने देशभर करिब १० करोड को सुनको विक्री हुने गरेको छ ।

किन घट्यो सुनको मूल्य

विगत केही समयदेखि सुनको मूल्यमा उतारचढाव आइरहेको द्ध । असोजको सुरुवातदेखि घटेको विचमा एक पटम फेरी बढेको थियो । अहिले फेरी ओरालो लाग्ने क्रम जारी छ । आइतवार सुनको मूल्य ५ सयले घटेर तोलाको ५० हजार ३ सय  सय रुपैयाँममा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय  शेयरमा उतारचढाव आएकोले सुनको मूलय घट्ने तथा बढ्ने भइरहेको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश मर्हजन बताउँछन् ।

 ‘अहिलेको स्थितीमा सुनको मूलय यति सम्म पुग्छ भनेर अनुमान गर्न गाह्रो छ ,उनले भने तर  घट्ने क्रममा छ यो चाँही पक्का हो ।’

तेलको भाउ घट्नु तथा अमेरिकाले प्रमूख व्याजदर बढाउने देखिएकोले डलर बलियो हुनु सुनको मूल्यमा गिरावट आउनुको मुख्य कारण भएको  मर्हजन बताउँछन् ।

अमेरिकाको अर्थतन्त्र वलियो भएकोले पनि सुनको मूल्य घटेको शाक्यले जानकारी दिए । क्रुसियामा आक्रमण पनि सुनको मूल्य घट्नुको कारण भएको उनको भनाई छ । अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आएपछि मूल्य घट्ने क्रम सुरु भएको शाक्यले जानकारी दिए ।
‘अमेरिकाको सेयर मार्केट पनि बलियो हुँदै गएकाले अहिले लगानीकर्ताहरु त्यसतर्फ आकर्षित हुँदैछन्,  उनले भने यही अवस्था रहने हो भने नेपाली बजारमा सुनको मूल्य अझ कम हुन्छ । ’


  •  
  •  
  •