अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै

301
  •  
  •  
  •  

काठमाडौं १७ मंसिर (ओएनएस) : अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै २३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज नेपालमा पनि मनाईंदैछ । ‘दीगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने नारासहित विभिन्न कार्यक्रम गी दिवस मनाईंदैछ ।

दिवसको अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसी अध्यक्ष रहेको दिवस मुल समारोह समितिको आह्वानमा आज बिहान राजधानीको विभिन्न ठाउँमा प्रभातफेरि गरिएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल जनसङ्ख्याको करिब २ प्रतिशत व्यक्ति अपाङ्गता भएका छन् भने विश्वका करिब १५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको अध्ययनहरुले देखाएको छ । सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ मा अपाङ्गता भएकाहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।


  •  
  •  
  •