कालोपट्टि बाँधेर विरोध

452
  •  
  •  
  •  

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि दुव्र्यवहार भएको भन्दै प्रतिष्ठानका डाक्टरहरुले बिहीबार कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् । ज्ञापनपत्रमा आफूहरुको सुरक्षा हुनुपर्नेलगायतका माग उनीहरुले गरेका छन् । बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा रजिष्ट्रारमाथि हातपात गरिएको थियो ।

प्रतिष्ठान बचाऔँ अभियानको तर्फबाट थालिएको आन्दोलनको क्रममा प्रशासन कक्षमा तालाबन्दी भएकोमा बुधबार ताला प्रहरीले फोडेको छ ।


  •  
  •  
  •