विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

485
  •  
  •  
  •  

दमौली, १२ चैत(ओएनएस) : तनहुँबाट नेत्रविक्रम चन्द‘विप्लव’ समूहका तीन कार्यकर्तालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् ।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् ।

सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई अनुसन्धान थालिएको छ ।


  •  
  •  
  •