संघीय फोरमका उम्मेदवार कांग्रेसमा प्रवेश

699
  •  
  •  
  •  

सुर्खेत, ५ मंसिर (ओएनएस) :
संघीय समाजवादी फोरमको तर्फबाट सुर्खेत क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ का उम्मेदवार दिपलाल दमाई (दिलिप) कांग्रेसमा प्रवेश गरेका छन् । उनले मंगलबार विज्ञप्ती जारी गर्दै कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि कांग्रेसबाट मात्रै सम्भव रहेको ठहर गर्दै आफू कांग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रियता, स्वाभिमानी, जनताको गौरव र सम्मृद्ध नेपालको परिकल्पनालाई साकार पार्न कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले खेलेको भूमिका अतुलनीय भएको समेत उनले विज्ञप्तीमा जनाएका छन् ।

कांग्रेसमा प्रवेश गरेलगत्तै दिलिपले लोकतन्त्रबाट मात्रै राष्ट्रको उन्नति, प्रगति र जनताको आधारभूत अधिकार सुनिश्चित हुने भएकाले लोकतान्त्रिक गठबन्धनको चुनाव चिन्ह रुखमा छाप लगाई उम्मेदवारहरुलाई विजयी गराउन आह्वान समेत गरेका छन् । प्रदेश सभा (ख)मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका झकबहादुर डाँगी उम्मेदवार छन् ।


  •  
  •  
  •