ओली सरकारले दण्डित गरेका उपाध्याय पनि पराजित

सरकार ढाल्न भारतसँग मिलेको आरोपमा राजदूतबाट फिर्ता बोलाइको थियो
208
  •  
  •  
  •  

कपिलवस्तु, २४ मंसिर (ओएनएस) : केपी ओली नेतृत्वको सरकार ढाल्न भारतसँग मिलेको आरोप लागेर राजदूतबाट फिर्ता बोलाइएका कांग्रेस नेता दीपकुमार उपाध्याय उनकै गृह जिल्लाका जनताबाट बहिष्कृत भएका छन् ।

ओली सरकारले फिर्ता बोलाए पनि फेरि कांग्रेस समर्थित प्रचण्ड नेतृत्वको सरकारले उपाध्यायलाई भारतकै राजदूत बनाएर पठाएको थियो । उपाध्यायले राजदूतबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि कपिलवस्तु क्षेत्र नं. १ बाट कांग्रेसको उम्मेदवार भएका थिए ।

कपिलवस्तु–१ बाट बाम गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘वलदेव’ विजयी भएका छन् । खनालले २९ हजार ७९९ मत ल्याएर पूर्वराजदूत दीपकुमार उपाध्यायलाई पराजित गरेका छन् । उपाध्यायले २८ हजार ८५३ मत ल्याएका छन्।

उपाध्याय गत चुनावमा पनि सोही क्षेत्रबाट पराजित भएका थिए।


  •  
  •  
  •