काठमाडौं २० असार (ओएनएस) : बलिउडमा दिपिका पादुकोण आजभोली ‘हिट’ छिन् । उनका हरेक फिल्मले यतिबेला तहल्का पिटिरहेकाछन् भने उनको सुन्दरताको चर्चा बलिउड देखि हलिउड सम्म हुन थालेको छ । ब्रिटिस लाइफस्टाइल म्यागजिन FHM ले २०१४ को सबैभन्दा सेक्सी महिलाको उपाधी दीपिका पादुकोणलाई दिएको छ ।
पछिल्लो तीन बर्ष देखि यो टाइटल कैटरिना कैफले जित्दै आइरहेकी थिइन् । तर पहिलो पटक कैफलाई पछि पार्दै यो टाइटल दिपिकाको हातमा पुगेको छ । उक्त म्यागजिनले बलिउडका पाँच सेक्सी महिलाको नाम सार्वजनिक गरेको छ ।
१ दिपिका पादुकोण
२ कैटरिन कैफ
३ प्रियंका चोपडा
४ नरगिस फखरी
५ श्रुति हासन
सेक्सी महिलाको उपाधी जिते लगत्तै सो म्यागजिनका लागि दिपिकाले दिएको अन्तवार्तामा उनले भनेकी छन्, ‘मेरो लागि यो राम्रो शुरुवात हो । जनताले मलाई यो लायक सम्झेकोमा धन्यबाद । तर मेरा लागि सेक्सी शब्दको अर्थ फरक छ ।’ उनले शब्दलाई फरक ठङ्गले अर्थायाउन आग्रह गरेकीछन् । उनका लागि सेक्सी शब्दले व्यक्तिको पर्सनालिटी, उसको सेन्स अफ ह्युमर र आत्मबिश्वासलाई उजागर गर्छ ।
‘ओम शान्ति ओम’ मा पहिलो पटक ‘किङ खान’ सँग अभिनय गर्ने मौका पाए लगत्तै बलिउडमा उनको ‘इन्ट्री’ ले व्यापक चर्चा पाएको थियो । २००७ मा सुरु भएको उनको बलिउड यात्रा समयको रफ्तारसगै चम्किदै गइरहेको छ । ‘बच्ना ये हसिनो’, ‘ककटेल’, ‘लभ आजकाल’, ‘ए जवानी है दिवानी’, ‘चेन्नइ एक्सप्रेस’ जस्ता हिट फिल्मले दिपिकालाई चर्चाको शिखरमा पुर्याएको छ ।