संसदीय समितिबाट दीपक मनाङेले दिए राजीनामा

189
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिका सभापति दीपक कोइरालालाई उनले शुक्रबार राजीनामा बुझाएका हुन् ।

कामै नभएको समितिमा बसिरहनु औचित्य नदेखेकाले राजीनामा दिएको गुरुङले बताएका छन् । समितिमा बसेर अनुगमनमा जाने र भत्ता लिने काम मात्रै भएको उनले उल्लेख गरेका छन् ।

अनियमतता देखिएपनि कारवाही गर्ने अधिकारै नभएकाले समितिमा बस्नुको अर्थ नभएको उनको भनाइ छ । गिटी वालुवको टेण्डरमा ठूलो भ्रष्टाचार रहेको र कर्मचारी, नेतादेखि सबै मिलेर दोहन गरिरहेको गुरुङको आरोप छ ।


  •  
  •  
  •