‘हाम्रो प्रेम फूलजस्तो’

172
  •  
  •  
  •  

सम्झना गैरे, असार ६ (ओएनएस) ।
‘प्रेम बिनाको सम्बन्ध बासना विनाको फूल जस्तै हो । हो दिपासँग मेरो प्रेम छ । तर त्यो बिशुद्ध मित्रताको प्रेम अनुशासित र सामाजिक परिवेशमा पच्ने खालको छ, भन्ने दिपकराज गिरी हिजोआज तितोसत्यमा देखिन छाडेकाछन् । दिपक र दिपाको जोडिलाई एकसाथ हेर्दै आएका दर्शकमा एकाएक दिपक किन हराए ? भन्ने कौतुहल छ ।

कतै दिपक र दिपा बिचको सम्बन्धमा खटपट पैदा भएकाले दिपकले तितो सत्यमा अभिनय गर्ने छाडेका त होईनन् ? ओएनएसको यस प्रश्नमा दिपक भन्छन,‘हामीमा यति प्रचुर माया र समझदारी छ कि झगडा हुने त कुरै भएन ।’ आवश्कता भन्दा बढी मिडियामा छाउदा क्रेज घट्ने डरले अभिनयमा कटौती गरेको उनले बताए । ‘सिरियलमा लेखक र निर्देशकको भूमिका निर्वाह गरेको हुनाले अभिनयमा समय दिन भ्याएको छैन । केही समय यसबाट ब्रेक लिउँ भन्ने चाहना पनि हो,’ उनी भन्छन् ।

सँधै आफूले ठाउँ ओगट्नु भन्दा नयाँ र पुराना कलाकारलाई ‘स्पेश’ दिन चाहेको उनको भनाई छ । आठ महिनादेखि उनी अभिनयबाट टाढा रहेपनि फिल्म ‘वडा न. ६’ को तयारी गर्दैमा उनलाई फूर्सद मिलेको छैन् । ‘मिडियामा ओभर एक्स्पोजर हुदाँ दर्शकलाई खल्लो महसुस हुने देखेर अभिनय घटाएको जनाउदै उनले थपे, ‘बलिउडका सफल कलाकार अहिले छानीछानी थोरै मात्र अभिनय गर्छन् । म पनि सन्तुलन मिलाउन अरुलाई पनि मौका दिन चाहान्छु ।’

dipppppppppppppppp
दिपाश्री भने आफूहरु छुट्नेमा होईन जुट्नेमा विश्बास गर्ने भएकाले सकेसम्म सहकार्य गर्र्ने तयारीमा रहेको बताउछिन्, ‘हामी एकतामा विश्वास गर्छौ’, भन्दै उनले थपिन्, ‘नयाँ स्वाद पस्किन खोज्दा आफ्नो भूमिका साघुरो बनाउनै पर्छ ।’ कला जगतमा दिपा र दिपकको जोडी १८ बर्ष पुरानो हो । यो जोडी जति पुरानो छ, त्यती नै मजबुत बन्दै गएको अड्कल काटिन्छ । ‘तपाईहरु बिचको सम्बन्धको राज के हो ?’ ओएनएस को प्रश्नमा दिपा हाँस्दै भन्छिन्, ‘हामीमा भावनात्मक प्रेम छ । राम्रो समझदारी छ । हाम्रो सम्बन्ध साथी भन्दा माथी छ ।’

व्यवसायिक सम्बन्धमा पारदर्शिता भएकै कारण यो सहकार्य लामो समय टिक्न सकेको दुबैले दाबी गरे र भने, ‘महिला र पुरुष विचमा लामो सहकार्य टिकाउ हुनसक्छ, त्यो जीवनको होस् या व्यसायको होस् । ‘कमेडी’ जेनरमा बन्ने भनिएको ‘वडा नं. ६’ मा दिपक र दिपाको जोडी जम्ने पक्का भएको छ । आफूवीचमा प्रेम सम्बन्ध रहेको खुलेर स्विकार्ने यो जोडीलाई लाग्छ, ‘प्रेम बिनाको सम्बन्ध बासना विनाको फूल जस्तै हो । हो हामी विचमा प्रेम छ । तर त्यो बिशुद्ध मित्रताको प्रेम अनुशासित र सामाजिक परिवेशमा पच्ने खालको छ ।’


  •  
  •  
  •