दिपक र दिपाको गाईजात्रे ‘रोमान्स’

878
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस)  :  ‘हो हामी प्रेममा छौ’ भन्ने हास्यकलाकार दिपकराज गिरी र दिपा श्री निरौलाको जोडी बिच सम्बन्धविच्छेदको बिषयमा बहस चल्न थालेको छ । सार्वजनिक स्थानमा प्रेमालाप गर्न समेत यो जोडी चुक्दैन । तर एक्कासी के भो र दिपकले दिपालाई छोड्न थालेछन् ?

सम्बन्धविच्छेदका लागि अदालतको इजलास पुगेका दिपक र दिपा अन्तिम समयमा नछुट्ने निर्णयका साथ अंगालोमा बाँधिएका छन् । इजलासको लामो बहस र वादीप्रतिवादीको चर्को बहसपछि दुबै नछुट्टिने गरी साथै रहन राजी भएका हुन् ।

राजधानीको भृकुटीमण्डपमा गतहप्तादेखि जारी तिते जिरे मेरीबास्सै जाइजात्राको दृश्य हो यो । आधुनिक समाजको विकृत पारिवारिक संरचनासँगै बढ्दो सम्बन्धविच्छेदलाई विषय बनाएर तितो सत्य टिमले बनाएको हास्य श्रृखला रोचक र घोचक लाग्छन् । हेरौ दिपा र दिपकको मिलनका केही झलकहरु

_AKD4747

_AKD4716

_AKD4714

_AKD4730


  •  
  •  
  •