६ हजार धरौटीमा छुटे मनाङ्गे

57
  •  
  •  
  •  

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ(दीपक मनाङ्गे) ६ हजार धरौटीमा छुटेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुलमाथि कुटपिट गरेको आरोपमा गत बुधबार पक्राउ परेका मनाङ्गे जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार धरौटी बुझाएर आइतबार रिहा भएका हुन् ।

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङ्गबाट सहभागी भएको टिमलाई बसोबार र खेलकुद मैदानको उचित व्यवस्थापन नगरेको भन्दै सभासद् मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गर्दै अभद्र व्यवहार गरेका थिए ।

सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हाने लगत्तै एन्फाका अध्यक्ष मिलनले जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गे विरुद्धमा जाहेरी दिएका थिए ।


  •  
  •  
  •