लभ भनेको दुई शरीरको मेल मात्र होइन : मोडल पनेरु

2099
  •  
  •  
  •  

१२ कक्षा पास गरेपछि गृहजिल्ला गोरखाबाट काठमाडौँ आएकी दिपा पनेरुले कलाकारिता यात्रा अगाडि बढाइन् । केही म्युजिक भिडियोमा अभिनय गरेकी दिपा अहिले ‘शेरेले हसाउँछ’ टेलिसिरियलमा पनि अभिनय गर्छिन । उनै पनेरुसँग गरिएको कुराकानीः

कलाकारिता क्षेत्र कतिको गाह्रो रहेछ ?
गाउँबाट काठमाडौँ आएपछि म्युजिक भिडियोमा काम गर्न थालेँ । सोभित बस्नेतसरले भिडियोमा काम दिएर मलाई अभिनय क्षेत्रमा प्रवेश गराउनुभएको हो । काम त जे पनि गाह्रै हुन्छ नि । नाम कमाउने कुरा झन कहाँ सजिलो छ र ?

नाम मात्र चाहिने हो कि दाम पनि ?
नाम भएपछि दाम त आइहाल्छ नि । मान्छे लोभी प्राणी हो, पैसा जति भए पनि पुग्दैन ।

भनेपछि तपाई पनि लोभी नै हुनुहुन्छ ?
छैन जस्तो लाग्छ । त्यो र अरुले भन्ने कुरा हो ।

तपाईलाई सवैभन्दा खुशी कुन बेला लाग्छ ?
सुटिङको बेलामा ।

महिला कलाकारलाई अलि गाह्रो छ भन्छन, तपाईलाई कस्तो लाग्यो ?
महिला वा पुरुष भन्ने हुँदैन । काम त दुवैलाई गाह्रो नै हुन्छ नि ।

निर्माता, निर्देशकसँग नजिक भयो भने सजिलो होइन भने गाह्रो हुन्छ रे नि ?
खोई, त्यो त मलाई थाहा छैन । मन मिले नजिक हुने हो, नमिले के को नजिक हुनु । मेरो चाहिँ कोही सँग पनि मन मिलेको छैन । बरु एक जना राम्रो मान्छेको संगत भयो भने चाहिँ सजिलो हुन्छ होला । एउटा भिडियो वा फिल्म चल्यो भने कसैसँग मन मिलाउनै पर्दैन ।

सवैभन्दा मनपर्ने कलाकार को ?
रेखा थापा, जयकृष्ण बस्नेत र प्रदीप खड्का मनपर्छ ।

डेट जानुप¥यो भने को सँग जानुहुन्छ ?
म हुनेवाला पति सँग डेट जान्छु । पोखरा जान मनपर्छ ।

लभलाई कसरी परिभाषित गर्नुहुन्छ ?
लभ भनेको दुई शरीरको मेल मात्र होइन । दुई आत्माको मेल हो । एकले अर्काको दुःख बुझ्ने कुरा हो ।

आफनै शरीरको सवैभन्दा मनपर्ने अंग कुन हो ?
ओठ सवैभन्दा मनपर्छ ।

मन नपर्ने चाहिँ ?
मेरो दाँत बिग्रेको छ, त्यसैले दाँत मन पर्दैन ।

हुनेवाला पति कस्तो भन्ने छ ?
मेरो एक जना साथी छ । उ बाहिर छ, उ जस्तै होस भन्ने छ ।

उहीसँग बिहे गर्ने होला नि त ?
भाग्यमा भए उहीसँग बिहे गर्छु । उसको सहयोग विना केही गर्न सक्दिनँ ।

अघि वाइफ्रेण्ड छैन भन्नुभयो, अहिले त कुरा बाँझियो नि ?
साथी छ, अहिले बेस्ट फ्रेण्ड हो । उसको बानी मन पर्छ । आजसम्म उसको सहयोगले अगाडि बढिरहेको छु । उ जस्तै सहयोग गर्ने पति होस भन्ने चाहना छ ।


  •  
  •  
  •