काठमाडौं, १७ भदौ (ओएनएस) : नेकपा—माओवादीले मुख्य तीनदलसँग ८ बुँदे माग अगाडी सारेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीसँगको छलफलमा नेकपा–माओवादीले सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्नुपर्ने मागसहित आँठ बुँदे प्रस्ताव पेश गरेको हो ।
एकीकृत माओवादीले सर्वपक्षीय राजनीतिक सभाको क्षेत्राधिकार,आयोजक, व्यवस्थापन, निर्णय प्रकृया लगायतका विषय व्याख्या गरेर माग बुझाएको नेकपा– माओवादीले जनाएको छ । मागमा एकीकृत माओवादीले संविधान सभाबारे उल्लेख गरेको छैन । मुख्य दलहरुले भने मागबारे छलफल गरेर पार्सी भर्दौ १९ गते जवाफ दिने बताएका छन् ।
सर्वपक्षीय सभाबारे
१.नाम सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा
२.क्षेत्राधिकार दलहरुबीचमा विगतमा भएका सहमतिहरुको कार्यान्वयन र जनताको संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिक विषयहरुमा दहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गर्ने ।
३. आयोजक तत्काल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र नेकपा–माओवादीबीच आपसी सहमतिबाट आयोजना गर्ने ।
४. व्यवस्थापन नेपाल सरकारले गर्ने ।
५. सहभागिता संविधानसभा–२ मा भएका दलहरु र ३३ दलीय मोर्चामा रहेका दलहरु रहने ।
६. कार्यसूची आयोजक ४ दलले आपसी सहमतिबाट कार्यसूची तय गरी प्रस्ताव गर्ने ।
७. निर्णय प्रक्रिया स्सहभागी सबै दलहरुबीच सहमतीय प्रणालीबाट निर्णय गर्ने ।
८. निर्णय कार्यान्वयन संविधान निर्माणसम्बन्धी निर्णयहरु सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा स्वयम्ले गर्नेछ । राज्यका अन्य निकायहरुमार्फत् कार्यान्वयन गरिनुपर्ने निर्णयहरुको सम्बन्धमा सम्बन्धित निकायहरुको जिम्मेवारी रहेका राजनीतिक दलहरुले गर्ने ।
मिति : २०७१ जेठ २६ गते
नेकपा–माओवादी