प्रहरी ज्यादती रोक्न माग

132
  •  
  •  
  •  

रौतहट, २६ असोज -ओएनएस)  : सभासद एवं एमाओवादी नेता प्रभु साहले रौतहट तथा बारा सिम्रौनगढ क्षेत्रका सर्वसाधारण एवं विद्यार्थीको आन्दोलन जायज भएको भन्दै त्यसमा प्रहरी प्रशासनबाट भएको ज्यादती रोक्न माग गरेका छन् ।
साहले एक विज्ञप्ती जारी गरी रौतहट तथा बाराको सीमा क्षेत्रमा रहेको सिम्रौनगढ ऐतिहासिक पृष्ठभूमिले समेत महत्वपूर्ण रहेको अवस्थामा यातायात पूर्वाधार एवं विकासका लागि सिम्रौनगढ क्षेत्रका अगुवा युवाले विकासका लागि अघि सारेको जायज मागप्रति सरकारको अविलम्ब ध्यान जानु आवश्यक रहेको बताएका हुन् ।

साहले नागरिक अगुवा तथा विद्यार्थीको जायज मागलाई सम्बोधन गरी विकासको गतिलाई अगाडि बढाउनुको सट्टा आन्दोलन दबाउने नाममा ज्यादती गरेकामा उक्त घटनाप्रति भत्सर्ना गदै प्रहरी प्रमुखमाथि कारबाही गर्न माग गरेका छन् ।


  •  
  •  
  •