दिल्ली पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार

606
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : रोजगारीका लागि खाडी मुलुकहरुमा पठाईदिने भन्दै दिल्ली पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । दिल्ली महिला आयोगले सोमबारराति उत्तरपश्चिम दिल्लीबाट १२ नेपाली युवतीको उद्धार गरेको हो ।

दिल्ली महिला आयोगका सदस्य किरण नेगीले गुनासो प्राप्त गरेपछि ती महिलाहरुलाई राखिएको क्षेत्र नजफगढमा दुई टोली पठाइ १२ नेपाली युवतीको उद्धार गरेको जनाएको छ ।

उदय नाम गरेका एक एजेन्टले दुबई र अन्य खाडी देशमा राम्रो रोजगार दिने प्रलोभनमा पारेर ती युवतीहरुलाई दिल्ली पुर्‍याएका थिए ।

आयोगले एजेन्ट भनिएका उदय भने नभेटिएको जनाएको छ । अधिकांश युवतीहरुले एजेन्टलाई राम्रो रोजगार पाउने आशमा ५० हजार बुझाएको र २ जना युवतीले भने २२ लाख दिएको खुलेको छ ।


  •  
  •  
  •