दिल्लीमा अदालतमै गोली हानाहान, तीन जनाको मृत्यु

96
  •  
  •  
  •  

एजेन्सी । भारतको राजधानी दिल्लीमा रहेको एक अदालतमा गोली हानाहान भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार दिल्लीस्थित ‘रोहिणी कोर्ट’ को कोर्ट नम्बर एकबाहिर फाइरिङ भएको हो ।

फाइरिङमा परी जितेन्द्र मान गोगीनामका ग्याङ्गस्टारको मृत्यु भएको छ । गोगीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फाइरिङ गर्दा अरू दुई जना आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । त्यस्तै एक महिला वकिलसहित तीनजना घाइते भएका छन् ।

आक्रमणकारीहरूले वकिलको ड्रेस लगाएर आएका थिए । उनीहरू गोगीलाई मार्ने उद्देश्यले अदालत पुगेको समाचारमा जनाइएको छ ।

दिल्ली प्रहरीले एक मुद्दाको सुनुवाइका लागि गोगीलाई अदालत लगेको थियो । जितेन्द्र गोगीमाथि हत्या, लुटलगायत अरु संगीन मुद्दा दर्ता भएको जनाइएको छ ।\

 


  •  
  •  
  •