‘अबको प्रधानमन्त्री सहमतिको आधारमा’

808
  •  
  •  
  •  

dilendra prasad baduकाठमाडौ, ३० जेठ(ओएनएस) :  नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले संविधान जारी पछिमात्र सुशील कोईरालाले प्रधानमन्त्रीको पद छाड्ने बताएका छन् ।

रफत सञ्चार क्लबले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बडुले सरकारमा आउनेहरुका लागि काँग्रेसले सदा ढोका खुल्ला राखेता पनि संविधान जारी नभएसम्म सुशील कोइरालाको विकल्प नभएको बताए । सहमति अनुसार संविधान जारी पछि प्रधानमन्त्रीको पालो एमालेको भएता पनि सबै दलहरुको सहमतिमै निर्भर हुने उनको टिप्पणी थियो ।

उनले भने, ‘संविधान विषयमा लामो समयम सम्म पनि नेताहरुको बैठकले गर्न नसकेको काम यो विपत् पश्चात जेष्ठ २५ को भूमिकाले संविधान जारी हुन्छ ।’ उनले भने, ‘स्थानिय निकायमा प्रतिनिधिहरुको उपस्थित नहुँदा भोग्नु परेको पीडालाई बुझी स्थानीय निकायको निर्वाचन तर्फ लाग्नु पर्छ ।’

राहत वितरणमा आएका भ्रष्टाचारको विषयमा छानविन गरिनु पर्ने र दोषी देखिए कसैलाई छाड्न नहुने भन्दै एनजीओ र आईएनजीओको भूमिकाको अगाडी दलहरू झुक्न बाध्य भएको बडुले बताए । उनले भने, ‘एनजीओ र आईयनजीयोले आफ्नो उदेश्य पूरा गर्नका लागि एकद्धार प्रणाली लागू हुन नदिएको भएता पनि यस्तो विपतका समयमा सहयोगका लागि सरकार लचक भएको हो ।’

मनसुनको सुरूवातसँगै विपदमा परेकाहरुका लागि तत्कालै बासको व्यवस्था गर्नु पर्ने हुँदा यसतर्फ सबैको ध्यान जानु पर्ने उनले बताए । तर, सरकारले भौतिक पूर्वाधारको विकाससँगै छरिएर रहेका बस्तीहरुलाई एकिकृत गरि सामुहिक बस्तीको अवधारणा ल्याएको बताए ।


  •  
  •  
  •