पत्रकार डेकेन्द्र थापा हत्या अभियुक्तहरुलाई २ बर्ष कैदको फैसला

385
  •  
  •  
  •  

dekendra-thapaदैलेख , मंसिर २१ (ओएनएस) : युद्धकालमा हत्या गरिएका दैलेकका पत्रकार डेकेन्द्रराज थापाको मुद्दामा आइतबार फैसला भएको छ । बिगत २२ महिनादेखि जिल्ला अदालत दैलेखमा विचाराधिन मुद्दामा जिल्ला अदालत दैलेखका न्यायाधिस डिल्लीरत्न श्रेष्ठको इजालले फैसाला गरेको हो ।

अभियोगमा पक्राउ परेका पाँच जनालाई कसुरकाआधारमा एक देखि दुइ बर्षसम्म कैद फैसला सुनाएका छन् । डेकेन्द्र पत्नी लक्ष्मी थापाका तर्फबाट जाहेर मुद्दामा स्थानीय ९ माओवादी कार्यकर्तालाई दोषी बनाइएको थियो ।

९ जनामध्ये पक्राउ परेका ५ जनालाई कसुरको आधारमा फैसला सुनाईएको छ भने अन्य फरार रहेका चारजना मुक्ती भनिने बमबहादुर खड्का, अरुण भन्ने बमबहादुर खड्का, भक्तीराम लामिछाने र केशब बहादुर खड्कालाई पक्रिएका बेला वा अवधी पुगेपछि जगाई कार्वाही र किनारा गर्ने गरी अ.बं. १९० बमोजिम मलतबीमा राखि जतिबेला पनि कानुनी उपचारको बाटो खुल्ला गरेको छ ।

२८ पेज लामो फैसला सुनाउँदै श्रेष्ठले दुवै पक्षका वकिलहरुले उल्लेख गरेका बहसका बिषयहरुको गहिरो विश्लेषण सुनाएका थिए । पीडित पक्षलाई घटनाको जानकारीका लागि आयोगमा निवेदन गर्न सक्ने, परिपुरणको हक, क्षमादानको हक सुरक्षीत राखिएको छ ।

हत्या आरोपमा पक्राउ परेका लक्षीराम घर्तीले हत्या गरिएको स्थालमा केही नगरि मतलबी रहेकोले बमोजीम १ बर्ष कैद र लाश दवाउने कार्यमा संलग्न ६ महिना थप कैद गरि १ बर्ष ६ महिनाको कैद फैसला सुनाएको छ । निरक बहादुर घर्तीलाई १ बर्ष ६ महिना कैद र लाश दावउन सहयोग गरेको भन्दै स थप ६ महिना गरि २ बर्ष जेल सजाए सुनाईएको छ ।

बीरबहादुर के.सी.लाई हत्याका मुख्य अभियुक्त मुक्ती भनिने बमबहादुर खड्कासँग हत्या नगर्न प्रतिबाद गरेको भएपनि तत्कालिन परिस्थितीलाई ध्यानमा राखि शव दवाउन सहयोग गरेको भन्दै ६÷ ६ महिना गरी एक बर्ष कैद फैसला सुनाईएको छ । सर्वोच्चको आदेशबाट गत साउन २२ गते छुटेका जयबहादुर शाही र हरिलाल पुनलाई २÷ २ बर्ष कैदको फैसला सुनाएको छ ।

पुर्पक्षका लागि गत २०६९ साल पौष २१ गते देखि २०७१ साल फागुन २२ गते सम्मको १ बर्ष ७ महिना १ दिन कैद भुक्तान गरीसकेकोले थप ४ महिना २९ दिन थुनामा बस्नुपर्ने फैसला जिल्ला अदालत दैलेखले गरेको छ । वीरबहादुर के.सी. र लक्षीराम घर्तीमगर आइतबार नै छुटेका छन । जिल्ला अदालत दैलेखको फैसला अनुसार १ बर्ष कैद सजाएको फैसला सुनाईएका बीरबहादुर के.सी.२०६९ साल पौष २९ गतेदेखि हालसम्म थुनामा रहेकोले उनको कैद भुक्तान भैसकेको हुँदा आजै उनलाई जेल मुक्त गरिने भएको छ ।

अर्का अभियुक्त लक्षीराम घर्तीलाई १ बर्ष ६ महिना कैद फैसला गरिएको भएपनि थुनामा रहेको मितिले हालसम्म कैद भुक्तान भैसकेको हुँदा उनलाई आइतबार नै मुक्त गर्न जिल्ला अदालत दैलेखले आदेश गरेको छ । हत्या अभियोग लागेका र थुनामा परेका पाँच मध्ये निरक घर्तीले मात्र अव २ महिनासम्म जेल बस्नुपर्नेछ । उनलाई २ बर्षको कैद फैसला सुनाईएको छ ।


  •  
  •  
  •