सर्वोच्चले प्राधिकरणका अध्यक्ष झाको नियुक्ति सदर गर्यो

141
  •  
  •  
  •  

काठमाडौं, ११ कात्तिक (ओएनएस) : सर्वोच्च अदालतले नेपाल दुरसञ्चार प्राधिकरणमा विगत दुई बर्षयता रिक्त रहँदै आएको अध्यक्ष पदमा दिगम्बर झाको नियुक्तिलाई सदर गरेको छ ।

मङ्गलबार प्रधानन्यायधिश रामकुमार प्रसाद शाह र न्यायधीश गिरिशचन्द्र लालको इजलाशले झाको नियुक्ति सदर गरेको हो । यसअघि झाको शैक्षिक योग्यता नपुगेको भन्दै उनीविरूद्ध तीनओटा मुद्धा दायर भएको थियो । इजलाशले झाको नियुक्ति यौग्यता पुगेकै अवस्थामा गरिएकोले मुद्धा खारेज गर्ने निर्णय गरेको हो ।

नियुक्ति सदर भएसँगै झाले सुचना प्रविधिलाई आमजनताको प्रत्यक्ष लाभसँग जोड्ने गरी काम गर्ने बताएका छन् ।
विसं २०६९ साल पुष १७ गते सर्वोच्च अदालतले प्राधिकरण अध्यक्ष झाको नियुक्तिका विषयमा स्टे अर्डर जारि गरेको थियो । त्यसयता प्राधिकरण अध्यक्ष विहिन अवस्थामा थियो ।

प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक आनन्दराज खनालले सम्हाल्दै आएका थिए । अध्यक्षको अभावमा टेलिकम क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा दुई बर्षयता टुङ्गो लागेको थिएन ।


  •  
  •  
  •