डीआईजी सिलवालको मुद्दा अाज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाई भदौ १५ मा

230
  •  
  •  
  •  

Nawaraj-Silwal
काठमाडौं, २६ साउन (ओएनएस) : डीआईजी नवराज सिलवालको विहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी दायर रिटमा भएको बहस हर्दाहेर्दैमा रहेको हो । मुद्दाका अर्को पेशी अब भदौ १५ गतेका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी सदस्य छन्।

सरकारका तर्फबाट महान्यायाधिवक्ता आज महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए।
डिआइजी सिलवालले आइजिपीमा प्रकाश अर्याललाई नियुक्ति गरेपछि उक्त नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दायर गरेका थिए ।
त्यसअघि पनि तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई सरकारले आइजीपी नियुक्ति गर्दा पनि सिलवालले निर्णय बदर गरेर आफूलाई आइजीपीमा नियुक्त गर्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।

उनको रिटमाथि सुनुवाई गर्दै सर्बोच्चले पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आइजीपीमा नियुक्त गर्न अन्तिरिम आदेश दिएको थियो । तर, सरकारले पहिलो नम्बरमा रहेको दाबी गर्दै दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेको थियो ।


  •  
  •  
  •