पूर्व डिआईजी निरौलाकाे ‘साठगाँठ’ तस्कारसँग भएकाे प्रमाण फेला, उनी माथि दुई मुद्दामा थालियो कारवाही

242
  •  
  •  
  •  

काठमाडाैँ, १० बैशाख (अाेएनएस) : नेपाल प्रहरीका अवकाशप्राप्त डिआईजी गोविन्द निरौलालाई माथि दुई मुद्दामा प्रहरीले कारवाही पक्रिया आगाडी बढाएको छ।

सुन तस्करीमा सघाएको आरोपमा पक्राउ परेका निरौलालाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा कारबाही पक्रिया अघि बढाइएको हो।

छानबिन समितिले सोधपुछमा बोलाउँदा उनले दिएको बायन र प्रमाणको आधारमा उनको संलग्नताको प्रमाण भेटिएपछि मुद्दा चलाउन मोरङ पठाइएको छ।

सोमबार मोरङ जिल्ला अदालतले उनलाई थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ।विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी तथा सोही घटनामा मोरङका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानको क्रममा उनी आइतबार पक्राउ परेका हुन्।

विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा काम गर्दा उनले सुन तस्करीमा सघाएको छानबिन समितिको आशंका छ। तस्करीका नाइके चुडामणि उप्रेतीसँग उनको निकटस्थ सम्बन्ध थियो।

छानबिन समितिसँगको बयानको क्रममा उनले उप्रेतीसँग चिनजान मात्र भएको र तस्करीमा सहयोग नगरेको दाबी गरेका थिए। तस्कर समूहसँग मिलेमतो देखिएपछि गत वर्ष नै उनलाई विमानस्थलबाट सरुवा गरिएको थियो।

 


  •  
  •  
  •