डीअार्इजीमा बढुवा भएका ११ जनालार्इ दर्ज्यानी चिन्ह प्रदान

728
  •  
  •  
  •  

काठमाडौं, २९ असोज (ओएनएस) : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक(डीअार्इजी) मा बढुवा भएका ११ जनालाई साेमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच उनीहरुलाई प्रहरी प्रमुख खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बढुवा हुनेमा प्रहरी नायव महानिरीक्षकहरु बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्याय रहेका छन् ।

उनीहरुलाई आइतबार बसेको गृह मन्त्रालय स्तरको बैठकले प्रहरी नायव डीआईजीमा बढुवा गर्ने निर्णय गरेको थियाे।


  •  
  •  
  •