एसएसपी सुवेदीको नेतृत्वमा अनुसन्धान गठित कमिटीकाे पुनर्संरचना, कसले पाए कमाण्ड?

72
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौँ (ओएनएस) : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित अनुसन्धान कमिटीलाई पुनर्संरचना गरिएकाे छ। प्रहरी प्रधान कार्यालयले उक्त उच्चस्तरीय अनुसन्धान कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी नयाब महानिरिक्षक (डिआईजी) धिरु बस्न्यातलाई कमाण्ड समाहल्ने जिम्मा दिएकाे छ।

यसअघि उक्त उच्चस्तरीय अनुसन्धान कमिटी एसएसपी सुवेदीको नेतृत्वमा गठिन भएकाे थियाे। कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक रुपमा अनुसन्धान गर्ने जिम्मा दिएको छ । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।

‘यसअघि उत्तम सुवेदीको कमाण्डमा गठन भएको समितिलाई पुनर्संरचना गरिएको हो’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डिआईजी धिरु बस्न्यात सापको नेतृत्वमा गठन भएको समितिलाई कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबारे छानविन गर्ने कार्यादेश दिइएको छ ।’

घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा दोस्रो समिति गठन गरेको थियो ।

उत्तम सुवेदीको नेतृत्वमा गठित समितिलाई उच्चस्तरीय बनाउँदै गठन भएको बस्न्यात नेतृत्वको कमिटीले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न सिआईबी लगायतको निकायबाट खटिएका अनुसन्धानकर्ताहरुको भूमिकाबारे छानविन गर्नेछ ।


  •  
  •  
  •