सर्वोच्चद्वारा डिआइजीहरुको अवहेलना निवेदन दर्ता गर्न अस्वीकार

111
  •  
  •  
  •  

काठमाडौं २४ असोज ।
सर्वोच्च अदालतबाट भएको आदेश आफूहरु अवकाश भइसक्दा पनि कार्यान्वयन नगरेको भन्दै डिआईजीहरु यादब अधिकारी अधिकारी, विश्वराज सिंह शाही, परशुराम खत्री र सुशील वरसिंह थापाले दिएको अदालत अवहेलना निवेदन बिहीबार सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

सर्वोच्चले उनीहरुको फैसलाको पूर्णपाठ तयार नभएकाले कार्यान्वयनको माग गर्दै दायर हुन आएको निवेदन तत्काल दर्ता हुन नसक्ने भन्दै थप अध्ययनका लागि राखेपछि दर्ता हुन नसकेको हो।

बिहीबार अवहेलना निवेदन आएको भएपनि दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुन नपाएकाले शुक्रवारलाई बोलाइएको सह प्रवक्ता बाबुराम दाहालले बताए। सर्वोच्च अदालतले फैसला गरेको एक महिन नवित्तै निवेदकहरु पुन अदालत आएकाले पूर्ण पाठ तयार हुन नसके हुँदा थप अध्ययन गर्न आवश्यक देखिएको उनले बताए। शुक्रवार प्रशासनले निवेदकहरुको निवेदन दर्ता हुने वा नहुने विषयमा निर्णय गर्नेछ।

डिआइजीहरुले अदालतको आदेश अटेर गरी सरकारले मान हानी गरेकाले अवहेलनामा कारवाही र तत्काल फैसला कार्यान्वयन गर्नु भनि अन्तरिम आदेश जारी गर्न निवेदनमा माग गरेका थिए। नागरिकबाट


  •  
  •  
  •