डिफ्युजन नोटिस जारी गरेका श्रेष्ठ पक्राउ

168
  •  
  •  
  •  

काठमाडौं । इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेका डेजाभू नाइट क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


हङकङबाट नेपाल आउने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ । उनले खातामा पैसा नभएको दुई करोडको चेक दिएको भन्दै विश्वराम श्रेष्ठले गत पुसमा प्रहरीमा जाहेरी दिएका थिए ।

पर्वत घर भई हाल ललितपुर बस्दै आएका पूर्व सञ्चालक श्रेष्ठले क्लव मर्मतका लागि भन्दै सो रकम लिएको बताइएको छ । चेक दिएपछि उनी बेपत्ता भएकाले प्रहरीले पक्राउका लागि सिमा तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट आवागमन हुने फरार अपराधीको पहिचान तथा नियन्त्रण गर्न ‘डिफ्युजन जारी’ गरेको थियो ।


  •  
  •  
  •