‘चिकित्सा शब्दसागर’ सबैलाई उपयोगी छ : डा.विपिन नेपाल

167
  •  
  •  
  •  

पुस्तक विमोचन गर्दै चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्या सिंह, प्रा.डा.राजेन्द्र कोजु र डा.मोहनकृष्ण श्रेष्ठ ।

काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ पुस्तक बजारमा आएको छ ।

डा.विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा.कमल लम्सालद्वारा लिखित उक्त पुस्तकको हालै विमोचन गरिएको हो ।

पुस्तकका लेखक डा.विपिन नेपाल नेपाली भाषामा नै मेडिकल शब्दावलीहरु एकदमै कम रहेको अवस्थामा आम नागरिकलाई मेडिकल सम्बन्धी शब्दावली बुझ्न यो पुस्तकले सहयोग गर्ने बताउँछन् ।

डा. नेपाल भन्छन्, ‘मात्री भाषामा यहि चिजलाई के भन्छ भन्ने नै छैन । मेडिकल्ली इंलिसमै पढ्छौं । नेपालीमा पढेको विद्यार्थीहरुलाई अंग्रेजीमा बुझ्न गाह्रो हुन्छ । त्यसको लागि यो पुस्तक जरुरी छ । इंलिसलाई नेपालमा कन्भर्ट गरेको छ यस पुस्तकमा ।’ मेडिकल शब्दावली नबुझ्दा डाक्टर र प्यासेन्टमा कम्युनिकेशन ग्याप हुने गरेको उनले बुझाइ छ ।

उनी भन्छन्, ‘समस्याकै राम्रोसँग नेपालीमा ट्रान्सलेट हुँदैन् । एन्ट्राटाइटिस भनिन्छ । के भएको हो नै थाहा छैन् । यसलाई फ्याक्चर भयो भन्छन् । धेरै कुराहरु बुझ्नलाई गाह्रो हुन्छ । जब कि यो पुस्तकबाट उसले सजिलै बुझ्न उल्था गर्न सक्छ । भोलीपल्ट ऊ चेकअप गर्न आउँदा राम्रोसँग समस्या बुझ्छ । राम्रोसँग कम्युनिकेशन हुन्छ । त्यस कारण पनि यो पुस्तक फाइदा छ ।’

अर्कोतर्फ मेडिकल विद्यार्थी, प्रहरी, र आम जनतालाई यो पुस्तक फाइदा हुने उनी बताउँछन् । मेडिकल ज्ञान सबैलाई चाहिन्छ ।

सातवर्षको मेहनत पछि बनेको र अहिले सम्म बनेको ठूलो मेडिकल डिसनेरी हो । १९ सय ५० पेजको पुस्तकमा पुस्तकमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ७० हजार शब्द छन् । उक्त शब्दकोष अंग्रेजी–अंग्रेजी–नेपाली भाषामा रहेको छ ।


  •  
  •  
  •