‘अमेरिकन आइडल’मा नेपाली मूलका दिवेश पोखरेल टप २० मा

140
  •  
  •  
  •  

काठमाडौं । ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका दिवेश पोखरेल टप २० मा स्थान सुरक्षित गरेका छन् ।

आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए ।


आइतबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए। अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली बजाएका थिए।

२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको हप्तामा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए। अघिल्लो हप्ता दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’ गाएका थिए।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै उनको चर्चा चुलिएको थियो। दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका गएका थिए ।


  •  
  •  
  •