अमेरिकन आइडलमा उपविजेता बने दिवेश

85
  •  
  •  
  •  

काठमाडौं । अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन् । आइडलको उपाधि भने समन्था डियाजन ‘जस्ट साम’ ले जितेकी छन् ।

सोमबार बिहान भएको १८ औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दिवेशले दोस्रो स्थान हासिल गरेका हुन् । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन् ।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन् । २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । ६ वर्षअघि अमेरिका गएका हुन् ।


  •  
  •  
  •